टुँडिखेलमा माघी : भिड अनियन्त्रित हुँदा गेटमा च्यापिएर आठ जना घाइते


१ माघ २०८०, सोमबार
Tudikhel2024 01 15 05 01 37

काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा गेटमा च्यापिएर घाइते हुनेको संख्या आठ पुगेको छ ।

आज (सोमबार) मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यतालिका छ । कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा अनियन्त्रित बनेको प्रहरीले जनाएको छ ।

get

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या आठ पुगेका छन् । प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्ज समेत गरेको थियो । घाइतेहरूलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । घाइतेको अवस्था सामान्य नै रहेको एसपी ढुंगेलले बताए । प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७