निफको सातौं संस्करणमा ४० देशका ८८ चलचित्र


२ माघ २०८०, मंगलवार
nir sha scaled

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ) को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको यो संस्करणमा ४० देशका ८८ चलचित्र छनोट भएका जानकारी दिए । निफमा कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद भएको प्रतिष्ठानका सल्लाहकार तथा अभिनेता नीर शाहले बताए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी ठोस नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको गुनासो गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७