न्यायाधीश गिरीविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा


३ माघ २०८०, बुधबार
Bhuwan Giri

काठमाडौं । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्धको मुद्दाको पेसी सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको इजलासमा परेको छ । न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनकी श्रीमती आरतीले दायर गरेको रिटको पेसी बुधबार सर्वोच्चका न्यायाधीशद्धय शर्मा र पोरखेलको इजलासमा परेको हो ।

यसअघि न्यायाधीश गिरीविरुद्ध पत्नी आरतीले काठमाडौं जिल्ला अदालत र कपिलवस्तु जिल्ला अदालतमा बैवाहिक बलात्कारको उजुरी हालेकी थिइन् । दुबै अदालतले न्यायधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । त्यसपछि पत्नी आरती उच्च अदालत पुगेकी थिइन् । उच्चले पनि जिल्लाकै आदेशलाई सदर गरेको थियो ।

जिल्ला र उच्चको आदेशविरुद्ध पुर्पक्षमा राखेर मुद्दाको फैसला गर्नुपर्ने मागसहित पत्नी आरती सर्वोच्चमा पुगेकी थिइन् । सो मुद्दाको सुनुवाइका लागि बुधबार न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा पेसी परेको छ । सर्वोच्चले जिल्ला र उच्चकै आदेश सदर गर्ला वा पुर्पक्षमा थुनामा पठाउँला कि नपठाउँदा हेर्न बाँकी छ । सर्वोच्चमा पेसी चढ्नु केही दिन पहिले मात्रै आरती सर्वोच्च परिसर अगाडि पुगेर आत्मदाहको प्रयास समेत गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७