गौशाला–२६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ


३ माघ २०८०, बुधबार
pakrau
सांकेतिक तस्वीर

संखुवासभा । गौशाला–२६ को भन्दै तस्वीर सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीय केशरमान राई रहेको नेपाल प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

संखुवासभा प्रहरीको सहयोगमा साइबर ब्यूरोले मंगलबार बेलुका राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई काठमाडौं लगिएको छ । राईविरुद्ध विद्युतीय ऐन अनुसारको कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।

गौशाला–२६ ले आफ्नो तस्वीर सार्वजनिक गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा राईले गौशाला–२६ को तस्वीर सार्वजनिक गरेको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि बलात्कार गरेको भन्दै गौशाला –२६ ले उजुरी दिएकी थिइन् । सोही मुद्दामा बलात्कार ठहर गर्दै लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष जेल सजायको फैसला सुनाएको छ । तस्वीर सार्वजनिक गर्ने अरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७