रोमाञ्चक डबल सुपर ओभरमा भारत विजयी


४ माघ २०८०, बिहीबार
india

काठमाडौँ । भारतले अफगानिस्तानविरुद्धको टी–२० सिरिज क्लिन स्वीप गरेको छ । भारतले सिरिजको तेस्रो खेल दोस्रो सुपर ओभरमा जितेर सिरिजमा क्लीन स्वीप गरेको हो ।

बैंगलोरमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१२ रन बनाएको थियो । जसमा कप्तान रोहित शर्माले अविजित १२१ रनको इनिङ खेलेका थिए भने रिंकु सिंहले अविजित ६९ रन बनाएका थिए । जवाफमा अफगानिस्तानले पनि २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो ।

पहिलो सुपर ओभरमा अफगानिस्तानले भारतलाई जितका लागि १७ रनको लक्ष्य दिएको थियो भने भारतीय टोलीले १६ रन बनाएको थियो । यस्तो अवस्थामा पहिलो सुपर ओभर बराबरीमा सकिएको थियो । यस्तो अवस्थामा दोस्रो सुपर ओभरमा बिजेताको निर्णय भयो । जसमा भारतले अफगानिस्तानलाई १२ रनको लक्ष्य दिएको थियो तर अफगानिस्तानले एक रनमा दुई विकेट गुमाएपछि भारत विजयी भएको थियो । यसरी रोमाञ्चक खेलमा भारत विजयी भएको छ । यो जितसँगै भारतले ३ खेलको टी–२० सिरिज ३–० ले जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७