‘जनदवाव यात्रा’ गर्न रास्वपाद्वारा २७ आयोजनाको सूची सार्वजनिक


४ माघ २०८०, बिहीबार
rabii
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्माण सुस्त भइरहेका आयोजनालाई ध्यानमा राखी दबाब यात्रा गर्ने भएको छ ।
बुधवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब यात्रा गर्न २७ आयोजको प्रारम्भिक सूची समेत सार्वजनिक गरेको छ ।

प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल पनि गठन गरेको छ । कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठ छन् ।

raswapa 1

दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ भने धरहरा र मेलम्ची खानेपानी आयोजना लगायतका आयोजना पनि रहेका छन् । विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले दबाब यात्रा गर्न लागेको हो । यसअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढ–बुटवल सडकखण्डमा पदयात्रा गरेको रास्वपाले थप आयोजनाहरुको सूची पनि सार्वजनिक गरेको हो ।

रास्वपाका उपसभापति डीपी अर्यालले भने, ‘पटक–पटक अवधि थपिएको, सम्पन्न हुन नसकेको योजनाहरुमा दबाब यात्रा गरेर सरकारलाई खबरदारी गर्ने हो ।’ दबाब यात्रामा केन्द्रीय नेता र सांसदहरु सहभागी हुने अर्यालले जानकारी दिए । ‘सांसदसहित नेताहरु को कहाँ जाने निर्णय अर्को बैठकबाट लिन्छौं’, उनले भने ।

यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ वटा आयोजनामा पदयात्रा गर्ने घोषणा गरेका थिए । उनले पार्टीका २१ जना सांसदले एक एक वटा आयोजनाको जिम्मा लिएर पदयात्रा गर्ने बताएका थिए । यसअघि पुस ९ गतेदेखि रास्वपाले विस्तारको काम भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा ११३ किलोमिटर पदयात्रा गरेको थियो ।
हेर्नुस् आयोजनाको सूची

1 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७