प्रधानमन्त्री कप क्रिकेट : आज बागमती र कोशीबीच खेल


५ माघ २०८०, शुक्रबार
pm 3

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज (शुक्रबार) बागमती र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान सवा ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने तय भएको छ ।

यसअघि बिहीबार भएको खेलामा मधेशले विभागीय टोली नेपाल एपीएफ क्लबमाथि पाँच विकेटको जित निकालेको थियो । यस्तै सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको फराकिलो जित निकालेको थियो । अर्को खेलमा कोशी प्रदेशलाई नेपाल आर्मीले ९ विकेटले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७