एएफसी एसिया कप : इरान अन्तिम–१६ मा


६ माघ २०८०, शनिबार
iran 2

काठमाडौं । एएफसी एसिया कप फुटबलमा इन्डोनेशिया विजयी भएको छ । शुक्रबार राति भएको खेलमा इन्डोनेशियाले भियतनामलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै इन्डोनेशियाले अन्तिम १६ मा स्थान बनाउने सम्भावनालाई कायमै राखेको छ । यो समूह डीबाट इराक यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ भने दोस्रो स्थानमा जापान र तेस्रो स्थानमा इन्डोनेशिया रहेका छन् ।

शुक्रबार राति इन्डोनेशियालाई जिताउन असनावी मंगलकुलम बहारले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । फम लङले दोस्रो हाफको अतिरिक्त समयमा रातो कार्ड पाएर भियतनाम १० खेलाडीमा सिमित भए पनि त्यसको फाइदा भने इन्डोनेशियाले उठाउन सकेन । समूह चरणको अन्तिम खेलमा इन्डोनेशियाले जापानसँग तथा इराकले भियतनामसँग खेल्न छन् ।

यसैगरी समूह सीबाट इरानले अन्तिम १६ मा स्थान पक्का गरेको छ । शुक्रबार राति नै भएको खेलमा इरानले हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो । इरानका लागि मेहदी घयादीले गारेको २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । यो समूहमा इरान लगातार दुई खेलमा जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने युएई एकमा जित र एकमा बराबरी गर्दै ४ अंकका साथ दोस्रो स्थानमा छ । प्यालेस्टाइन तेस्रो तथा हङकङ चौथो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७