इराकमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण


७ माघ २०८०, आईतवार
isreal

काठमाडौं । इरान समर्थित आतंककारी समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा रकेट र ब्यालेस्टिक मिसाइलले आक्रमण गरेका छन् ।

आक्रमणबाट धेरै अमेरिकी सैनिक घाइते भएको जनाइएको छ । अमेरिकी सेनाले धेरै सैनिकलाई गम्भीर चोटपटक लागेको र अनुसन्धान भइरहेको जनाएको छ । ‘शनिबार पश्चिमी इराकको अल–असद एयरबेसमा धेरै ब्यालेस्टिक मिसाइल र रकेटहरू प्रहार गरिएको थियो,’ अमेरिकी केन्द्रीय कमाण्डले ट्विटरमा एक पोस्टमा भनेको छ ।

वायु रक्षा प्रणालीले हावामा रहेका अधिकांश क्षेप्यास्त्रहरूलाई रोकेर नष्ट गर्‍यो । तर, केही मिसाइलहरू एयरबेसमा खसेका थिए । अहिले क्षतिको विवरण संकलन भइरहेको छ । धेरै अमेरिकी कर्मचारीको टाउकोमा गम्भीर चोट लागेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७