अफगानिस्तानमा विमान दुर्घटना, अझैसम्म भेटिएन


७ माघ २०८०, आईतवार
afgan
तस्वीर : एजेन्सी

काठमाडौँ । अफगानिस्तानको बदाक्षण प्रान्तमा एक हवाईजहाज दुर्घटनामा परेको खबर छ । अफगानिस्तानको बदाक्षण प्रहरी प्रवक्ताले आफ्नो क्षेत्रमा विमान दुर्घटनामा परेको पुष्टि गरेका छन् ।

बदाक्षण प्रान्त सरकारका प्रवक्ता जबिहुल्लाह अमिरीलाई उद्धृत गर्दै रोयटर्सले प्रान्तिय राजधानी फैजाबादबाट २ सय किलोमिटर एक सुदूर इलाकामा जहाज दुर्घटना भएको छ । उता तालिबानी मिडियाले विमान आफ्नो मूल मार्गबाट भड्किएकाले बदाक्षण प्राप्तको जिबाक जिल्लाको पहाडमा दुर्घटना भएको बताएका छन् ।

दुर्घटनाग्रस्त क्षेत्रमा एउटा टिम पठाएको सरकारका प्रवक्ता अमिरीले बताएका छन्, त्यहाँ पुग्न झण्डै १२ घण्टा लाग्ने बताइएको छ । दुर्घटनामा परेको उक्त जहाज कसको हो ? भन्ने अझै आधिकारिक जानकारी भने आइसकेको छैन । यद्यपि रोयटर्सले जनाएअनुसार जहाज रुसी चार्टड एम्बुलेन्स रहेको दाबी गरिएको छ ।

शनिबार भारतबाट ६ जना यात्रु बोकेर रुसका लागि उडेको जहाज अफगानिस्तान पुगेपछि राडार स्क्रिनबाट हराएको रुसी अधिकारीले बताएको रोयटर्सले जनाएको छ । यस कारण दुर्घटनामा परेको जहाज रुसी हुनसक्ने जनाइएको छ । यद्यपि अफगानिस्तानी मिडियामा आइरहेका समाचारहरूमा भने विमान भारतीय भएको दाबी गरिएको छ । तर, भारतीय नागरिक उड्डयन मन्त्रालयले दुर्घटनामा परेको जहाज भारतीय नभएको जनाएको छ ।

मन्त्रालयले ट्विटर एक्समा जानकारी सार्वजनिक गर्दै लेखेको छ, ‘अफगानिस्तानबाट अहिले जुन दुर्भाग्यपूर्ण दुर्घटना भएको छ, त्यो न त भारतीय अनुसूचित विमान हो, न त गैरअनुसूचित चार्टर्ड विमान हो ।’ भारतीय उड्डयन मन्त्रालयले उक्त जहाज मोरक्कन दर्ता भएको सानो विमान रहेको बताएको छ। हालसम्म प्राप्त जानकारी अनुसार दुर्घटनामा मानवीय क्षतिको भने कुनै पनि विवरण खुल्न सकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७