प्रिमियर लिगमा लिभरपुलको शानदार जित


८ माघ २०८०, सोमबार
f 1

काठमाडौँ । इङलिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले शानदार जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली बर्नमाउथलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा डार्विन नुनेज र डियोगो जोटाले समान २–२ गोल गरे। लिभरपुलले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

जितपछि लिभरपुलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । लिभरपुलले २१ खेलमा १४ जितसहित ४८ अंक बनाएको छ । १ खेल कम खेलेको म्यानचेस्टर सिटीको ४३ अंक छ । २१ खेलमा ४३ अंक नै रहेको आर्सनल तेस्रो स्थानमा छ । बर्नमाउथ २० खेलमा २५ अंकसहित १२औँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७