अल्मेरियाविरुद्ध रियलको संघर्षपूर्ण जित


८ माघ २०८०, सोमबार

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले अल्मेरियामाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गए राति भएको खेलमा रियलले अल्मेरियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

यस अघि रियल २–० ले पछि परेको अवस्थामा खेलमा कम ब्याक गरेको थियो । रियलका लागि जुडे बेलिङघम र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । त्यस्तै अल्मेरियाले खेलको पहिलो हाफमा २ गोल गरेर रियल म्याड्रिडमाथि दबाब बनाएको थियो । अल्मेरियाका लागि लार्गी रमाजानी र् एडगर गोन्जालेजले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २० खेलमा ५१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको गिरोना ५२ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी अल्मेरिया भने २१ खेलमा केवल ६ अंकसहित अंक तालिकामा पुछारमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७