रवि लामिछानेको प्रष्टीकरण : डिपोजिट स्लिप आयो, खातामा एक करोड ८० लाख आएको छैन

‘मलाई जबरजस्त सहकारी ठग बनाउन खोजियो’


८ माघ २०८०, सोमबार
rabi 1

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यममा समाचार आएको जस्तो एक करोड ८० लाख रुपैंयाँ रकम आफ्नो खातामा जम्मा नभएको दावी गरेका छन् ।

आज (सोमबार) पत्रकार सम्मेलन गर्दै लामिछानेले सञ्चार माध्यममा आएको जस्तो एक करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको स्पष्ट पारेका हुन् । उनले ग्लोबल आइएमी बैंकले पठाएको पत्र पढ्दै भने, ‘बैंकमा मेरो खातामा पैसा जम्मा गर्न चेक डिपोजिट भएको र चेकमा पैसा नभएपछि चेक फर्किएको छ । त्यसैले मेरो खातामा चेक डिपोजिट भएको तर पैसा आएको छैन ।’

लामिछानेले एक करोड ८० लाख लिएको भन्दै मिडियाले ’मिस लिड’ गरेको बताएका छन् । उनले निरन्तर आफूमाथि प्रहार गर्दै जबरजस्त सहकारी ठग बनाउन खोजिएको बताए । ‘कुनै पनि निकायले मेरो बैंक खाता हेरे हुन्छ । सम्पत्ति सुद्धीकरण, प्रहरीले हेर्न मिल्छ । यो रकम आएको भए म जुनसुकै सजाय भोग्न तयार छु’, उनले भने ।

उनले आफूसँग स्लिप भएको भन्दै मिडियाले प्रतिक्रिया लिन रातिराति फोन गर्दा टर्चर हुने बताए । ‘एक दिन समय माग्दा पनि उहाँहरूले दिनु भएन । मिस लिड भयो’, उनले भने । लामिछाने निर्देशक हुँदा गोर्खा मिडिया नेटवर्क सहकारीको पैसा लगानी भएको भन्दै उनीमाथि आरोप लाग्दै आएको छ । अहिले गोर्खा मिडिया नेटवर्क अध्यक्ष जिबि राई फरार रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७