भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई विमानस्थलबाटै फर्काइयो


९ माघ २०८०, मंगलवार
airport 3
फाइल फोटो

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई काठमाडौंको त्रिभुवन विमानस्थलबाटै फर्काएको छ ।

हिजो (सोमबार) ८४ र आज (मंगलबार) आठ गरी ९२ जनालाई फर्काइएको विभागका सूचना अधिकारी रामप्रसाद दाहालले जानकारी दिएका छन् । उनीहरूसँग विदेश उड्नका लागि चाहिने कागजात नपुगेका कारण विमानस्थलबाटै फर्काइएको उनले बताए । उनीहरूमध्ये कतिपय भिजिट भिसाका नाममा रोजगारीका लागि विभिन्न देश जान लागेको समेत पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले पछिल्लो २४ घण्टामा ९२ जनालाई फिर्ता गरिएको जानकारी दिए ।

भिजिट भिसाको बहानामा विभिन्न देश जान लागेका तर भिसाको प्रक्रिया नमिलेकालाई फिर्ता गरिएको हमालले बताएका छन् । उनीहरु दुवई, कतार, बहराइन लगायतका देशमा जान लागेका थिए । तर भिसा लगायतका कागजात चेकजाँच गर्दा उनीहरु भ्रमण उद्देश्य नभई अर्कै कामका लागि जान लागेको आशंकामा चेकजाँच गर्दा कागजातको प्रक्रिया पनि नमिलेको पाइएको अध्यागमनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७