सरकारले गर्‍यो यस्ता तीन निर्णय

कोटेश्वरमा ‘अण्डर पास’ र ‘फ्लाइओभर’ बनाउन जापानसँग ३१ अर्ब ऋण लिइने


९ माघ २०८०, मंगलवार
Cabinat

काठमाडौं । सरकारले कोटेश्वर चोक सुधारका लागि जापान सरकारसँग ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

आज (मंगलबार) को मन्त्रिपरिषद बैठकले ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब दुई करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्ने टोली गठन गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रि रेखा शर्माका अनुसार बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, माघ २२ गते अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७