कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार छौं : राजेन्द्र लिङ्गदेन


९ माघ २०८०, मंगलवार
rajendra lingden aBGAAgvYb1

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका छन् । विश्व हिन्दु महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका विषयमा कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका हुन् । उनले माओवादीको एजेण्डालाई कांग्रेसले सहीछाप गरेकाले मुलुक धर्म निरपेक्ष हुन पुगेको बताए ।

अध्यक्ष लिङ्देनले कांग्रेसले राप्रपालाई अछुत जस्तो व्यवहार गरेकै कारण राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्नुप रेको धारणा राखे । उनले आफूलाई हिन्दुवादी भन्नेहरूले नै राप्रपालाई मत नदिएका कारण राजसंस्थासहितको हिन्दुराष्ट्र स्थापित गर्न समस्या भएको बताए ।

धर्म निरपेक्ष हुनुमा दलहरू र नेताभन्दा बाहुन क्षेत्री नै बढी दोषी भएको उनको भनाइ छ । त्यस्तै उनले भ्रष्ट नेताहरूका कारण राजनीतिप्रति जनतामा वितृष्णा जागेको पनि बताए । कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७