व्यावसायीले गरे घरको पाँच तला माथिबाट हामफालेर आत्महत्या


१० माघ २०८०, बुधबार
Dhangadhi

कैलाली । धनगढीका एक व्यापारीले घरको पाँच तला माथिबाट हामफालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको पाँच तलाबाट हामफालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

बुधबार बिहान करिब ११ः२० बजे हामफालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले उपचारको क्रममा अग्रवालको मृत्यु भएको बताए ।

अग्रवालले हाम फालिरहेको दृश्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए । छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए । शृङ्गारको व्यवसाय चलाउँदै आएका अग्रवालका पत्नी र दुई छोरा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७