विश्वविद्यालयमा ‘ब्रेक थ्रुरु’ गर्न बौद्धिक समुदायको साथ आवश्यक : प्रधानमन्त्री


१० माघ २०८०, बुधबार
pm 6

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सबैले लिनुपर्ने बताएका छन् । देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो रहेको उनले बताएका छन् ।

बालुवाटारमा डा. केदारभक्त माथेमा, डा. पिताम्वर शर्मा, डा. विद्यानाथ कोइराला, डा. चैतन्य मिश्र, प्रा. कृष्ण खनालसहितका प्रबुद्ध व्यक्तित्वसँगको छलफलमा प्रधानमन्त्रीले सरकार, राजनीतिक दलसहित विभिन्न तह र तप्काका जनसमुदायले जिम्मेवारी लिनुपर्ने बताए ।

उनले देश बनाउन सबभन्दा बेष्ट ब्रेनहरू केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो विगतदेखिकै सोँच रहँदै आएको बताए । अहिले विश्वविद्यालयलाई राजनीतिक भागबण्डा बनाउनु हुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रु गर्न लागिएकाले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा रहेको उनको भनाइ छ ।

आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र सम्मुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताए । उनले आम जनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने औंल्याए ।

जवाफमा उनीहरूले विश्वविद्यालयमा भागबण्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकूलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको बताएका थिए । समग्र शिक्षा क्षेत्रसहित विश्व विद्यालयहरूको पुर्नसंरचना गर्नेगरी सुधार थाल्न उनले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७