बार्सिलोना कोपा डेल रेबाट बाहिरियो


११ माघ २०८०, बिहीबार
barcelona

काठमाडौं । बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । गए राति सम्पन्न कोपा डेल रे को क्वार्टर फाइनल अन्तर्गतको खेलमा एथलेटिक क्लबसँग ४–२ गोल अन्तरले पराजित हुदै बार्सिलोना बाहिरिएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले २–२ गोल गरेपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । सो समयमा एथलेटिक क्लबले २ गोल गरेपछि खेल ४–२ ले जितेको थियो । एथलेटिक क्लबको जितमा गोर्का गुरुजेफा, ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एक एक गोल गरेका थिए ।

त्यस्तै बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए । त्यसैगरी अर्को खेलमा मल्लोर्काले गिरोनालाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । यस अघि रियल सोसियडाडले सेल्टा भिगोलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । अहिलेसम्म एथलेटिक क्लब, मल्लोर्का र रियल सोसियडाड यस बर्षको कोपा डेल रेको सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७