नेपालको शानदार सुरुवात, अफगानिस्तानले दुई रनमा गुमायो दुई विकेट


१२ माघ २०८०, शुक्रबार
cr 1

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज (शुक्रबार) नेपालले अफगानिस्तानविरुद्ध पहिलो ओभरमै पहिलो विकेट लिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका गुल्सन झाले अफगानिस्तानका ओपनर नुमन साहलाई पहिलो ओभरको चौथो बलमा दीपक डुम्रेमबाट क्याच गराए ।
दोस्रो ओभरको तेस्रो बलमा आकाश चन्दले खलिद तनुवालको विकेट लिएका छन् । नेपालको शानदार सुरुवात गर्दै अफगानिस्तानले दुई रनमा गुमायो दुई विकेट गुमाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७