विकास– निर्माणका काममा सरकार असफल : महासचिव पोखरेल


१३ माघ २०८०, शनिबार
shankar 2

बागलुङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् । नेकपा (एमाले) बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए ।

उनले राजश्व सङ्कलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए । आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी सङ्गठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए । राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७