५० बर्षअघि जापानमा बिष्फोट गराउने महिला अस्पतालमा भेटिइन्


१४ माघ २०८०, आईतवार
japan blast

टोकियो । दशकौंदेखि सातोशी किरिशिमाको मुस्कुराउने मगसट जापानभरका पुलिस स्टेशनहरू बाहिर वान्टेड पोस्टरहरूमा चित्रित छ । ४९ वर्षसम्म भागेपछि जापानी अधिकारीहरूले यो सोचेका छन् कि उनीहरूले आफ्नो मान्छे पाएको हुन सक्छ ।

टोकियो नजिकैको एक अस्पतालका एक बिरामीले आफू सन् १९७० को दशकमा धेरै घातक बम विष्फोट गराउने आतङ्ककारी समूहको सदस्य किरिशिमा भएको दाबी गरेकी छन् । जसले अहिले हंगामा मच्चाएको छ । क्यान्सरबाट पीडित उनी अर्कै नाममा भर्ना भएकी छिन, जुन दावी उनले गरेपछि उनको डीएनए परीक्षणको लागि प्रहरीले प्रतिक्षा गरिरहेको छ ।

सन् १९७४ मा मित्सुबिसी हेभी इन्डस्ट्रिजको मुख्यालयमा समूहले गरेको आक्रमणमा आठ जनाको मृत्यु भएको थियो । जापानको राष्ट्रिय पुलिस एजेन्सीले आफ्नो वेबसाइटमा किरिशिमाले विष्फोटक पदार्थ नियन्त्रण गर्न आपराधिक नियमहरू उल्लङ्घन गरेको र कम्पनीहरूमा श्रृंखलाबद्ध बम विष्फोट गराएको उल्लेख गरेको छ । जसका लागि उनलाइ खोजी गरिराखिएको छ ।

स्थानीय समाचार संस्थाका अनुसार किरिशिमाले १८ अप्रिल १८७५ मा एक विशेष आक्रमणमा टोकियोको गिन्जा जिल्लाको भवनको एक भाग ध्वस्त पार्न घरेलु बम विष्फोट गराएकी थिइन् । ४९ वर्षपछि अब ७० वर्ष पुगेकी किरिश्मा अन्ततः फेला परे पछि प्रहरीले उनको बारेमा थप अनुसन्धान गरिरहेको छ । टोकियोको दक्षिणी भागमा रहेको कानागावाको कामाकुरा शहरको अस्पतालमा चेकजाँच गर्दा उनले सुरुमा अर्कै नाम प्रयोग गरेकी थिइन् ।

तर उनले गत बिहीबार अस्पतालका अधिकारीहरूलाई भनिन उनी वास्तवमा किरिशिमा हुन् । उनले अगाडि भनिन्, म आफ्नो वास्तविक नाम अन्तिम क्षणहरूमा प्रयोग गर्न चाहन्छु किनकी मसँग बाँच्न केही महिना मात्र बाँकी छ ।’ प्रहरीले अब उनको पहिचान पुष्टि गर्न डीएनए परीक्षण गरिरहेको छ । किरिशिमा पूर्वी एसिया एन्टी जापान सशस्त्र मोर्चासँग सम्बन्धित थिइन्, जुन एक कट्टरपन्थी वामपन्थी संगठन, जसले १९७२ र १९७५ को बीचमा जापानको राजधानीका बिभिन्न कम्पनीहरू विरुद्ध धेरै बम विष्फोटहरू गराएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७