काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख कोइराला निलम्बित


१४ माघ २०८०, आईतवार
Balaensitaram

काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बित भएका छन् । मेयरको क्षेत्राधिकार मिचेर काम गरेको भन्दै उनी एक हप्ताका लागि निलम्बनमा परेका हुन् ।

विभाग प्रमुख कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए । महानगरको शिक्षा समितिबाट हुनुपर्ने निर्णय कोइराला आफैले गरेपछि मेयर बालेन्द्र साहले स्पष्टीकरण सोध्दै एक साताका लागि निलम्बन गरेका महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् । शिक्षा समितिको बैठक मेयरको संयोजकत्वमा बस्दछ । तर, रत्नराज्य माविको विषय कोइरालाले समितिको बैठकमा नलगी आफैले निर्णय गरेका बताइएको छ ।

विद्यालयले यस वर्षदेखि कक्षा ११ मा विज्ञान संकायको पढाई सुरु गरिसकेको छ । हाल यस संकायतर्फ कक्षा ११ मा ३० विद्यार्थी भर्ना भएका विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले बताए । उनका अनुसार विज्ञान संकाय पढाउने अनुमतिका लागि यसअघि शिक्षा विभाग प्रमुखमा रामप्रसाद सुवेदी हुँदादेखि नै प्रकृया सुरु गरी गत असारमा अनुमति मिलेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७