सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री एनआरएनए मुख्यालयमा, लगानीबारे छलफल


१७ माघ २०८०, बुधबार
nrn

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानी सम्भावनाका बारेमा छलफल भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता भएको हो ।

मन्त्री शाहीले सुदूरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउँदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गरे । उनले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिए । उनले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्द्धन गर्नको लागि संघले काम अघि बढाएको बताए ।
छलफलका क्रममा सुदूरपश्चिममा लगानीका सम्भवना र चुनौतिका विषयमा छलफल भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिना राई प्रधान, सल्लाहकार टिबी कार्की र संघको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र गैरआवासीय नेपाली नागिरकता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७