विश्वको उत्कृष्ट होटलको सूचीमा नेपालको ‘शिन्तामणी मुस्ताङ’


१७ माघ २०८०, बुधबार
Shinta Mani Mustang
तस्बिर : ‘शिन्तामणी मुस्ताङ’को वेवसाइड

काठमाडौं : हिमाली जिल्ला मुस्ताङको जोमसोम स्थित ‘शिन्तामणी मुस्ताङ’ होटल विश्वको उत्कृष्ट २२ होटलको सूचीमा परेको छ । नेशनल नेशनल जोग्राफी च्यानलको २०२४ को ‘बेस्ट अफ त वल्र्ड’ सूचीमा नेपालको ‘शिन्तामणी मुस्ताङ’ होटल परेको हो ।

‘शिन्तामणी मुस्ताङ’लाई उत्कृष्ट २२ को सूचीमा राख्दै नेशनल जोग्राफी च्यानलले होटलले उत्कृष्ट सेवासँगै पुरानो बौद्ध मठको केन्द्रमा बाइकिङ, उचाईको डम्बो तलमा पदयात्रा गराउने उल्लेख गरेको छ । भनेको छ, ‘हिमाली तथा पौराणिक सभ्यताले भरिपूर्ण छ ।’

शेर्पा हस्पिटालिटि ग्रुप अन्तर्गत सञ्चालन भइरहेको यस होटलको व्यवस्थापन शिन्तामणी होटलले गरिरहेको छ । शिन्तामणि होटलले विश्वका विभिन्न स्थानमा आरामदायि होटल सञ्चालन गर्दै आएको छ । यती समूहअन्तर्गत सञ्चालित विभिन्न होटलमध्ये मोक्ष होटल पनि एक चर्चित होटल मानिन्छ ।

Shinta Mani Mustang Nepal

यो होटल समुद्री सतहबाट २ हजार ८०० मिटरको उचाइमा रहेको छ । नेपाललाई विलासी साहसिक गन्तव्यको रूपमा विश्वबजारमा परिचित गराउन ‘शिन्तामणी मुस्ताङ’ले योगदान गरीरहेको छ । लक्जरीयस सुविधा खोज्ने पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा उपलब्ध गराइरहेको छ ।

नेशनल जोग्राफी च्यानलले लेखेको छ, ‘शिन्तामणीको सबै लजहरुका पाहुनाहरुसँग गाइड जोडिएका हुन्छन्, जसले उनीहरूलाई नेपालको तल्लो मुस्ताङ क्षेत्रको नाटकीय पहाड र मरुभूमि परिदृश्यहरू बीच साहसिक यात्रामा लैजान्छन् ।’ परम्परागत घरहरु जस्तो देखिने लजहरु बागलुङ ढुङ्गा र प्राचिन बस्तुहरुले सुसज्जित रहेको उल्लेख छ ।

६० सिटको निलगी रेष्टरेन्टमा हिमालयन याक मोमो (डम्पलिङ) र तिब्बती थुक्पा, चाउचाउको सूप र स्थानीय मार्फका उत्पादनहरु पाइने नेशनल जोग्राफी च्यानलले उल्लेख गरेको छ । ‘शिन्ता मणिको सर्वसमावेशी लजका पाहुनालाई गाइडसँग सम्पर्क गराइन्छ। जसले तिनलाई नेपालको तल्लको मुस्ताङ क्षेत्रको पर्वत र मरुभूमिले ढाकिएको परिदृश्यबीच रोमाञ्चक यात्रामा लैजान्छन्,’ यो होटलबारे नेसनल ज्योग्राफिकले भनेको छ, ‘शताब्दियौँ पुराना गुम्बासम्म बाइक चलाएर जाने, डुम्बा तालसम्म ट्रेकिङमा जानेजस्ता अनुभव लिन सकिन्छ।

Shinta Mani Mustang 2

अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूचीमा मुस्ताङ पनि परेको छ । यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो ।

Hello Shinta Mani Mustang

सिएनएनले मुस्ताङलाई चिनाउँदै माउन्टेन ट्रेकिङका लागि प्रसिद्ध परौणिककालीन पदमार्गको रुपमा उल्लेख गरेको छ । न्यूयोर्क टाइम्सले पनि नेपालको उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको उल्लेख छ । मुस्ताङ भ्रमण गर्ने विलासी पर्यटकहरुको पहिलो रोजाइको होटल ‘शिन्तामणी मुस्ताङ’ पर्ने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७