सांसद बसन्त नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइयो


१७ माघ २०८०, बुधबार
Bashant Negmang resque

काठमाडौं । अकास्मात बिरामी परेपछि प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका नेता बसन्तकुमार उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो ।

नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ गएका उनी अचानक बिरामी परेका हुन् । जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको माले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए ।

पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्ज समेत छन् । उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका हुन् । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७