आजसम्म कायम शेयरधनीले रिडी पावरको हकप्रद शेयरमा आवेदन दिन पाउने


२१ माघ २०८०, आईतवार
ridi.jpg

काठमाडौं । आजसम्म कायम शेयरधनीले रिडी पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । यस कम्पनीले ५० प्रतिशत हकप्रद शेयरको लागि माघ २२ गते बुक क्लोज गर्दैछ ।

कम्पनीले १०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर जारी गर्न लागेको हो । जसअनुसार रिडी पावरले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको शेयर निष्कासन गर्नेछ ।

यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७