‘मेरो एउटा साथी छ : रिलोडेड’ ल्याउँदै नरेश


२१ माघ २०८०, आईतवार
naresh bhattarai

काठमाडौं । नरेश भट्टराई परिचितसँगै स्थापित नाम बनिसकेका छन् । सञ्चारकर्ममा साँढे दुई दशकको लामो यात्रा तय गरेका भट्टराई फरक–फरक परिचतमार्फत स्थापित छन् । उनलाई गीतकार, अभिनेता, फिल्म लेखक, मोडललगायतका विविध परिचयले आम मानिसले चिन्ने गरेका छन् । आफूलाई ‘माइकजीवि’ भन्न रुचाउने भट्टराई सबै भन्दा बढी स्टेज कार्यक्रम सञ्चालन गर्ने प्रस्तोता हुन् ।

नीजि क्षेत्रको रेडियो ईमेज एफएम ९७.९ मेगाहर्जसँग जोडिएका भट्टराईले सञ्चालन गरिरहेका कार्यक्रम ‘शुभ दिन’ सबै भन्दा बढी सञ्चालन भएको रेडियो रेडियो कार्यक्रममा पर्छ । उनको सक्रियता टेलिभिजनमा पनि उत्तिकै सक्रिय छन् । विक्रम संवत २०५७ सालमा प्रशारण भएको पहिलो डान्स रियालिटी शो ‘आँगन’ मा प्रस्तोता बनेका भट्टराईले त्यसपछि चलचित्र, लभ एण्ड लाईफ, लोकस्टार, मेरो डान्स कप, मेरो एउटा साथी छ (तीन सिजन), मेरो डान्स युनिभर्स लगायतका कार्यक्रम सञ्चालन गरिसकेका छन् ।

उनै लोकप्रिय सञ्चारकर्मी भट्टराई पुनः ‘मेरो एउटा साथी छ’ को नयाँ सिजन लिएर आउँदै छन् । उनले नयाँ सिजनलाई ‘मेरो एउटा साथी छ ः रिलोडेड’ नामांकन गरेका छन् । ‘पहिलेको तुलनामा केही फरक गरेका छौँ, त्यसैले यसको नाम पनि फरक गरिएको हो । यसमा नजिकका साथीले कसरी चिनिरहेका छन् भन्ने बारेमा रमाइलो कुराकानी गर्ने गरिन्छ । धेरै अतिथिले सामान्य रुपमा नगरिने कुराहरू कार्यक्रममा गरियो भन्नुहुन्छ, मित्रतालाई अझै बढाउने र बुझाउने कार्यक्रम बनेको भन्ने प्रतिक्रिया पाइरहेको छु’, सञ्चारकर्मी भट्टराईले भने ।

कार्यक्रममा पहिलो अतिथिको रुपमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल छन् । सामान्यतया कार्यक्रम नदेखिने उनीहरु दुईको मित्रतासँगै रमाइला कुराहरु कार्यक्रममा सुन्न पाउने सञ्चारकर्मी भट्टराईले बताए । यो कार्यक्रम देशमा मात्र नभई विदेशमा समेत उत्तिकै लोकप्रिय छ । कार्यक्रम माघ २३ (फेब्रुअरी ६) देखि हरेक मंगलबार राति ९ बजे प्राइम टेलिभिजनमा आउनेछ । उनले देशसँगै विदेशको स्टेज कार्यक्रममा व्यस्त हुँदा पनि टेलिभिजन र रेडियो छाडेको छैनन् । हाल उनी युरोपमा ‘म्युजिकल टूर २०२४’ अन्तर्गत भ्रमणमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७