पार्टीका सांसदहरुलाई ओलीको निर्देशन : संसदमा गलत बोल्नेको विरोध गर्नुस्


२१ माघ २०८०, आईतवार
KP Sharma Oli 1
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पार्टीका सांसदहरुलाई सचेत गराए । आज (आइतबार) पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि पार्टीका सांसदहरुको ध्यानाकर्षण गराए ।

गल्ती बोल्नेका कुरा संसदमा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाइ थियो । अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाइपाउँ भन्नु स्वभाविक हुने भए पनि अरुले उसको गल्ती सच्याइदिने काम गरिरहन नपर्ने बताए ।

सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसदको रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था छ । ओलीले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने पनि स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७