अभिनेता गौरव पहारीले प्रेमिका श्रेयसीसँग कसे लगानगाँठो


२१ माघ २०८०, आईतवार
gaurab pahari

काठमाडौँ । अभिनेता गौरव पहारी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले आज (आइतबार) प्रेमिका श्रेयानी खतिवडासँग विवाह गरेका हुन् ।

जोरपाटीस्थित नर्लिङ रिसोर्टमा परिवार र आफन्तको उपस्थितिमा उनीहरुले बिहे गरेका हुन् । उनीहरुको वैवाहिक समारोहमा कलाकारहरु सुनिल थापा, श्वेता खड्का, विल्सनविक्रम राईदेखि पूर्व मिस नेपाल श्रृंखला खतिवडा पनि उपस्थित थिए । श्रेयानी पेसाले फिटनेस प्रशिक्षक हुन् ।

विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका दुवैले गत असोज ३ गते इन्गेजमेन्ट गरेका थिए । गौरवले फिल्म ‘मञ्जरी’ बाट डेब्यु गरेका हुन् । गौरव पुराना कलाकार टीका पहारीका छोरा हुन् । थुप्रै म्युजिक भिडिओमा अभिनय गरेका उनले होस्टेल, गाजलु, साइँली, छक्का पञ्जा २ लगायतका फिल्ममा काम गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७