रंगेली छोटी भन्सार : चिरिचट्ट भवन छ, २०६८ सालदेखि छैनन् कर्मचारी, गुम्दै राजश्व


२३ माघ २०८०, मंगलवार
rangeli bhansar karyalaya2024 02 06 11 02 33

मोरङ । मोरङको रंगेली छोटी भन्सार कार्यालय २०६८ सालदेखि कर्मचारीबिहीन छ । भन्सारमा कर्मचारी नभएपछि दैनिक संकलन हुने २० औँ हजार राजश्व गुमिरहेको छ ।

कर्मचारीका लागि भवन अभाव भएको र पुरानो भवन पनि जिर्ण बनेपछि ४ वर्षअघि आवाससहितको नयाँ भवन निर्माण गरिएको छ । भन्सार कार्यालयको ४ कट्ठा जग्गामा व्यवस्थित संरचनाहरू छन् तर कर्मचारी छैनन् ।

सीमावर्ती क्षेत्रमा रहेको सबैभन्दा जेठो भन्सार कार्यालय हो रंगेली तर कर्मचारी अभावमा राजश्व गुमिरहेको स्थानीय जयनाथ चौधरीले बताए ।‘ रंगेली र यसका आसपासका सयौँ मानिसले यहि बाटोबाट समान ओसार पसार गर्छन् । दैनिक २० हजार सम्म राजश्व संकलन हुने भन्सार १२ वर्षदेखि कर्मचारीबिहीन छ’, चौधरीले भने ।

कर्मचारी पठाउँदा पनि राजश्व अनुमान अनुसार नउठे पछि कर्मचारी फिर्ता गरिएको बिराटनगर भन्सार कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालले बताए । स्थानीयले कर्मचारी काम गरेको खण्डमा तत्काल कर्मचारी पठाउन तयार रहेको ढकालले बताए । स्थानीय तहले पनि हालसम्म सो कार्यालयमा कर्मचारी माग गर्नका लागि कुनै पहल नगर्दा राजश्व गुमिरहेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७