६ महिनामा एक खर्ब ९२ अर्ब कर्जा प्रवाह


२३ माघ २०८०, मंगलवार
loan 9fJHDdTssu

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा एक खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पछिल्लो ६ महिनामा चार प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको यसै अवधिमा यस्तो कर्जा प्रवाह एक खर्ब ३७ अर्ब ३३ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।

६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा १.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.१ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशतले बढेको छ ।

यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा दुई प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.५ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा सात प्रतिशत बढेको छ । सबैभन्दा धेरै ऋण प्रवाह सेवा क्षेत्रमा बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७