परराष्ट्र मन्त्री साउद आज अष्ट्रेलिया जाँदै


२४ माघ २०८०, बुधबार
Np saud scaled

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज (बुधबार) अस्ट्रेलिया जाँदैछन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन् ।

सो सम्मेलन माघ २६ र २७ गते अस्ट्रेलियाकोे पर्थमा हुँदैछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा मन्त्री साउदले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो क्रममा अस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७