भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले ‘स्टण्डबाजी’ गर्‍यो : पदम गिरी

‘विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार’


२४ माघ २०८०, बुधबार
Padam giri scaled
तस्वीर : प्रदीपराज वन्त

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टण्डबाजी गरेको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बहनामा स्टण्डबाजी गरेको आरोप लगाएका हुन् । देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको आरोप लगाए । यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ ।
‘विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार’
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले महिनाैं भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताएका हुन् । दलालमाफत् रुसी सेनामा नागरिक भर्ती भइरहँदा पनि सरकारले रोक्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७