पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा


२४ माघ २०८०, बुधबार
Akhtiyar

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाअध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष क्षेत्रीविरुद्ध विशेष अअदालतमा बुधबार मुद्दा दायर गरेको हो ।

वडाअध्यक्ष क्षेत्रीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ ।
घुस मागेको विशेष सूचनाका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले वडाध्यक्ष क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस / रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७