कलंकीका नापीका सर्वेक्षकसहित दुई जना एक लाख घुससहित पक्राउ


२५ माघ २०८०, बिहीबार
Akhtiyar

काठमाडौं । नापी कार्यालय, कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै घुस रकमसहित पक्राउ गरेको हो ।

चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस रकम बरामद भएको आयोगले जनाएको छ । जग्गा हाल साबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइ दिने भन्दै उनीहरूले घुस लिएका थिए ।

pakrau.gif .2024 02 07.gif

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७