आफ्नै साथीले हानेको गोलीले लागेर शिकार खेल्न गएका युवकको मृत्यु


५ फाल्गुन २०८०, शनिबार
tejlal

दाङ । दाङमा शिकार खेल्न गएको अबस्थामा आफ्नै साथीले हानेको बन्दुकको गोलीले लागेर एक युवकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी निरीक्षक अयजजंग थापाका अनुसार शुक्रबार राति सिकार खेल्न शान्तिनगर– १ स्थित वनमा जाने क्रममा मल्ले छहरे खोलामा बन्दुकले लागेर बबई गाउँपालिका ४ स्थित विमल भन्ने २४ वर्षीय तेजलाल खत्रीको मृत्यु भएको हो ।

उनको साथमा ११÷१२ जना गएको भन्ने बुझिएको भन्दै उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक थापाले बताएका छन् ।‘उनीहरुको साथमा ११-१२ जना गएको भन्ने बुझिएको’, उनले सुनाए, ‘आफै लागेको हो वा कसैले हानेको भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं ।’

राति १ बजेतिर आफूहरु घटनास्थलमा पुग्दा मृत्यु भइसकेको अवस्थामा फेला पारिएको र उनको साथबाट एउटा बन्दुक र त्यसका लागि चाहिने सामग्रीहरु फेला पारेको प्रहरी निरीक्षक थापाले बताए । साथै सँगै गएका केहीको पहिचान भइसकेकाले उनीहरुलाई खोजी गरि तत्काल पक्राउ गर्ने गरि तयारी थालिएको समेत उनको भनाइ छ । खत्रीको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७