महोत्तरीमा दुई समुदायबीच झडप : प्रहरीद्वारा हवाई फायर, तीन जना घाइते


५ फाल्गुन २०८०, शनिबार
jhadap

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका–२ स्थित महावीर झण्डा मेलाको अवसरमा निकालिएको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ ।

ब्रह्मस्थान मन्दिरमा महावीर झण्डा मेलाको आज उद्घाटन गरिदैछ । मेलाको उद्घाटन अघि वडा नम्बर १ बाट कलश यात्रा निकालिएको थियो । कलश यात्रा मस्जिद भएको स्थानबाट गएको र त्यहाँ जय श्रीरामको नारा लगाएपछि मुस्लिम समुदायले विरोध गर्दा झडप भएको बताइएको छ । स्थित नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेका छन् ।

प्रहरीले हवाई फायर गरेपछि भागदौड हुँदा तीन जना घाइते भएका छन् । मुस्लिम समुदायले मस्जिदमा ढुंगा हानेको आरोप लगाएको छ भने हिन्दुवादीहरूले ढुङ्गा प्रहार नभएको बताएका छन् । अहिले अवस्था सामान्य बनेको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७