धरानमा प्रहरी र स्थानीयबीच झडप


६ फाल्गुन २०८०, आईतवार
jhadap dharan

सुनसरी । इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका–१९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुई जना पक्राउ परेपछि झडपको अवस्था सिर्जना भएको हो ।

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो । सोही क्रममा डोजर लगाएर भत्काउने दुई जनालाई पक्राउ गरेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाइमा शनिबार दिउँसो गेट भत्काइएको थियो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर्ने माग गत भदौदेखि राख्दै आए पनि पुरा भएको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७