त्रिवि उपकुलपति छनोटको अहिलेको प्रक्रिया तुरुन्तै बन्द गरियोस् : सांसद भट्टराई


१० फाल्गुन २०८०, बिहीबार
Yogesh Bhattrai

काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको अहिले जारी प्रक्रिया तुरुन्तै बन्द गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोटको प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।

उनले अहिले जारी छनोट प्रक्रिया बिडम्बनापूर्ण भएको बताए । ‘गत कात्तिक महिनादेखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ । प्रधानमन्त्रीले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेर प्रक्रिया अगाडि बढाउनु भयो । बिडम्बना ! यो प्रक्रिया कुनै स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगको थिएन,’ उनले भने ।

भट्टराईले अनुसन्धान र प्रस्तुतिमा असाध्यै कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाको पनि विरोध गरे । ‘प्राध्यापक विश्वविद्यालयको उपकुलपति हुने भन्ने प्रावधान छ । प्राध्यापक उपकुलपति हुने अन्तर्वार्ता कसले लिन्छ भन्दा उपप्राध्यापकले,’ उनले भने । उनले अहिलेको प्रक्रियाबाट पार्टीभित्रका गुटका मान्छेको लडाइँमा विश्वविद्यालयलाई बन्धक बनाइएको बताए । भने, ‘म यसको निन्दा गर्छु । भर्त्सना गर्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७