मुखमै आइसकेको माधव नेपालको प्रधानमन्त्री पद उम्किने अवस्था छ : सांसद सुवाल


१० फाल्गुन २०८०, बिहीबार
Prem suwal scaled
फाइल फोटो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्न नसक्ने टिप्पणी गरेका छन् । आज (बिहीबार) को प्रतिनिधि सभा बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक २०८० माथि विरोधको सूचना दिन संसद्को रोष्टमबाट उनले यसअघि दलहरूले राखेको ३ प्रतिशतको थ्रेसहोल्डकै कारण माधव नेपाल प्रधानमन्त्री बन्न नसक्ने उनले बताए ।

‘सांसद माधव नेपाल ३ प्रतिशत प्रावधानको पक्षमा हुनुहुन्थ्यो ? अहिले १० सांसद भए पनि ३ प्रतिशत नपुग्दा उहाँको दलले राष्ट्रिय दलको मान्यता पाएन । त्यहीकारण आउन लागेको प्रधानमन्त्री पद जाने भयो, खुस्किने भयो भन्ने चर्चा छ’, उनले भने ।

सुवाल नेतृत्वको मजदुर किसान पार्टी थ्रेसहोल्ड राख्न नहुने पक्षमा उभिएको छ । नेपालको निर्वाचन प्रणालीअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको र समानुपातिकतर्फ कूल खसेको सदर मतको ३ प्रतिशत मत नल्याउनेले राष्ट्रिय दलको मान्यता नपाउने व्यवस्था छ । एकीकृत समाजवादीले २०७९ को निर्वाचनमा प्रतिनिधिसभामा १० स्थान प्रत्यक्षबाट जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७