चैत १ गते राप्रपा नेपालले काठमाडौंमा वृहत प्रदर्शन गर्ने


१० फाल्गुन २०८०, बिहीबार
kamal thapa 1

काठमाडौं । राप्रपा नेपालले आगामी चैत १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको छ । भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको हो ।

बिहीबार काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत १ गतेको मिति तय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले एक्ला–एक्लै गरिने आन्दोलन निर्णायक हुन नसक्ने भन्दै संगठन निर्माण र आन्दोलनलाई सङ्गै लैजानु पर्नेमा बिशेष जोड दिए ।

kamal thapa 1 1

थापाले आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन बृहत् राष्ट्रबादी मोर्चा निर्माण गर्नुपर्ने आवश्यक भएको भन्दै मोर्चा निर्माण गर्न राप्रपा नेपाल इमानदारीपूर्वक निरन्तर प्रयासरत रहेको समेत बताए । आन्दोलन औपचारिकता र कर्मकाण्डीमा सिमित नभई योजनाबद्ध र निरन्तर जारी रहने निर्णायक आन्दोलन आजको आवश्यकता भएको थापाको भनाई थियो ।
बैठकमा उपत्यका भित्रका नगर, क्षेत्र, जिल्ला अध्यक्षहरु तथा केन्द्रीय पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । जनप्रदर्शनको क्रममा उपत्यका भित्रमा क्षेत्रीय भेला, कोणसभाहरु गर्ने समेत निर्णय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७