सांसद यादवको प्रश्न : जीवी राईलाई किन पक्राउ नगरेको ?


११ फाल्गुन २०८०, शुक्रबार
pradeep yadhab 1

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगी प्रकरणमा संलग्न व्यक्ति जीवी राईलगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जीवी राईको संलग्नता रहेको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए । उनले वीरगञ्जवासीले प्रहरीमा उजुरी दिए पनि हालसम्म छानविन अगाडि नबढेको बताए ।

उनले राईले बिना धितो वीरगञ्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको पनि बताए । उनले हालसम्म प्रहरीले जीवी राई लगायतलाई किन पक्राउ गरिएन ? भनेर प्रश्न समेत गरेका छन् ।उनले राई लगायत सहकारी संस्थामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७