६९ मतले पाण्डेलाई पछि पार्दै एमाले कैलाली अध्यक्षमा ढुंगाना, सचिवमा चौधरी


१२ फाल्गुन २०८०, शनिबार
kailali 1

कैलाली । नेकपा एमाले कैलाली जिल्ला अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । ढुंगानाले २८७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी डेजी पाण्डेले २१८ मत ल्याएका छन् । अध्यक्षका अर्का उम्मेदवार दुर्गाप्रसाद जोशीले ६३ मत ल्याए ।
उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भए । उनले १९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर विष्टले १८८ मत ल्याएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार विष्णु चौधरीले १०६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।

सचिवमा पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी २४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले १६८ मत मात्रै पाएका छन् ।

सचिवकतर्फ नै दानबहादुर विश्वकर्माले १४७ मत प्राप्त गरे। उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चूडामणि भट्ट विजयी भए । भट्ट २५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत ल्याएका छन् । अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरुङले ७१ मत ल्याए ।

उपसचिव (महिला) तर्फ गंगाकुमारी चौधरी १९६ मतसहित विजयी भइन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाए । यही फागुन ६ गते सुरु भएको एमाले कैलालीको नवौँ अधिवेशनमा सहमति प्रयास असफल भएपछि छैटौँ दिन शुक्रबार निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको हो । ५९१ प्रतिनिधि रहेकामा ५७७ मत खसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७