बल्दै गरेको चिर्पटले हानेर नातीले गरे हजुरबुबाको हत्या


१२ फाल्गुन २०८०, शनिबार
latest News nayapage1 scaled

रुकुमपश्चिम । रूकुम पश्चिममा नातीले हजुरबुबा (बाजे) को हत्या गरेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका – १२ का ५१ बर्षीय हस्तराम खड्काको हत्या आरोपमा उनका नाती २३ बर्षीय डिल्लीराम खड्का पक्राउ परेका छन् ।

शुक्रबार बिहान साढे ६ बजेतिर जुम्लाबाङ बुगेरी सडक खण्डस्थित बैगारी ठाँटीदेखि त्रिबेणीतर्फ जाने सडकको छेउमा हस्तराम मृत फेला परेका थिए । घटना अनुसन्धान गर्न जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको टोलीले डिल्लीरामले लगाएको चप्पलमा रगत देखेपछि सोधपुछका लागि उनलाई दिउँसो नियन्त्रणमा लिएको थियो ।

सोधपुछका क्रममा नाति डिल्लीरामले नै बाजे हस्तरामको हत्या गरेको स्वीकार बयान प्रहरीसमक्ष गरेको इन्स्पेक्टर खड्काले जानकारी दिएका छन् । ‘बाजेले नातिलाई किन यसरी रक्सी खान्छस भनेर सम्झाउन खाजेपछि भनाभन भएको र त्यही क्रममा नातिले बाजेलाई ढकलेर लडाए पछि दाउराले प्रहार गरी हत्या गरेको खुलेको छ,’ प्रहरी निरीक्षक खड्काले भने, ‘मदिराले मातेको नातिलाई सम्झाउन खोज्दा उनकै आक्रमणबाट बाजेको हत्या भएको खुलेको छ ।’

बिहीबार राति सामूहिक रूपमा गाउँलेहरूले दाउरा बालेर आगो तापेका थिए । आगो तापेर सबै घरतर्फ लागेपछि हस्तरामले आफ्नो नातीलाई धेरै रक्सी नखान भनी सम्झाउन खोजेका थिए । त्यसपछि उनी आक्रोशित भएर बाजेलाई सुरुमा धकेलेर लडाएको र पछि बल्दै गरेको दाउरा प्रहार गरेको इन्स्पेक्टर खड्काले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७