चीनको एक अपार्टमेन्टमा आगलागीमा हुँदा कम्तिमा १५ जनाको मृत्यु


१२ फाल्गुन २०८०, शनिबार
Capture.JPG 1953

बेइजिङ । पूर्वी चीनको नान्जिङमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । सो आगलागीमा परी दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

नान्जिङको युहुआताई जिल्लामा रहेको आगो आवासीय भवनको पहिलो तल्लाबाट सुरु भएको थियो, जहाँ विधुतीय मोटर बाइकहरू राखिएको थियो, अधिकारीहरूले प्रारम्भिक अनुसन्धानको नतिजालाई उद्धृत गर्दै पत्रकार सम्मेलनमा भने । बिहान करिब ६ बजे आगो नियन्त्रणमा लिइएको र हाल खोजी तथा उद्धार कार्य पूरा गरिएको अधिकारीहरूले बताएका छन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार सो आगलागीमा परी घाइते भएका ४४ जनालाई उपचारको लागि स्थानिय अस्पताल पठाइएको थियो । एक सुरक्षा, अधिकारीहरूका अनुसार तीमध्ये एकको अवस्था निकै गम्भीर रहेको छ । सो आगो निभाउन २५ वटा दमकल परिचालन गरिएको आपतकालीन सेवाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७