मेलम्ची बजारका अनधिकृत संरचनामा चल्यो डोजर


१२ फाल्गुन २०८०, शनिबार
dojar melamchi 2

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले मेलम्ची बजारमा सडक पेटी मिचेर बनाइएका संरचना हटाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका–११ स्थित सडकपेटी मिचेर बनाइएका संरचना हटाउन नगरपालिकाले डोजर चलाएको हो ।

dojar melamchi 1

नगरप्रमुख आइतमान तामाङले बिहान सडकपेटी मिचेर बनाइएका भर्‍याङ, छानो, होर्डिङबोर्ड लगायतका संरचना हटाइएको जानकारी दिए । ३५ दिने सूचना जारी गरेर हटाउन भनिए पनि नहटाइएपछि नगरपालिकाले डोजर लगाएर हटाएको उनले बताए ।

मेलम्ची बजारमा सय भन्दा बढी घरहरूले सडकपेटी अतिक्रमण गरी संरचना बनाएपछि नगरपालिकाले ती संरचना भत्काउँदै आएको थियो । ‘केहीले यसअघि आफैं भत्काए, केही नगरपालिकाले भत्कायो । बाँकी रहेका घरहरूले अटेरी गरेपछि हामीले डोजर चलाएका हौं,’ नगर प्रमुख तामाङले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७