केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै


१३ फाल्गुन २०८०, आईतवार
kp oli cup

काठमाडौँ । जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज (आइतबार) दुई खेल हुँदैछन् । आज पहिलो खेल बिहान ११ः३० बजेदेखि एनआरटी र थ्रीस्टार क्लबबीच हुनेछ । यो खेल एन्फा कम्लेक्समा हुनेछ ।

त्यसैगरी आज दोस्रो खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । यो खेल पनि एन्फा कम्लेक्समा अपराहन्न ३ बजेदेखि सुरू हुनेछ । यसअघि शुक्रबार सम्पन्न उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । अब केपी ओली एफसीले अर्को खेल जावलाखेल युथ क्लबसँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७