जर्मन युवती माछापुच्छ्रेको भीरमा मृत फेला, सँगै गएका अमेरिकन युवक पक्राउ


१३ फाल्गुन २०८०, आईतवार
ap
उद्धार कार्यमा खटेको सशस्त्र प्रहरीको टोली

काठमाडौँ । कास्कीस्थित माछापुच्छ्रेको भीरमा २१ वर्षीया जर्मन युवती प्ला जोस मृत भेटिएकी छिन् । शनिबारदेखि बेपत्ता उनलाई सशस्त्र प्रहरी बलको बिपद् उद्दार टोलीले खोजतलासको क्रममा आइतबार बिहान भीरमा मृत फेला पारेको हो । उनको शव अझै भीरमै छ ।

उनी अमेरिकन केटा साथीसँग घुम्न गएका बेला कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मिर्सा भन्ने ठाउँको भिरबाट खसेर बेपत्ता भएकी थिइन् । माछापुच्छ्रे घुमेर पोखरा फर्कने क्रममा उनी भीरबाट खसेको बयान उनका अमेरिकन केटा साथीले दिएका छन् । प्रहरीले उनको नाम भने गोप्य राखेको छ ।

आफ्नी साथी भीरबाट खसेको भन्दै ती अमेरिकन युवकले शनिबार साँझ स्थानीय प्रहरीलाई जानकारी गराएपछि सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको थियो । सशस्त्र प्रहरी बल नम्ब २४ कालीका गण कास्कीबाट खोजतलासको लागि १५ जनाको विशेष खोज तथा उद्दार टिम खटिएको थियो । ती युवतीको शव डोरीको सहायतामा भीरबाट निकाल्ने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । युवतीको मृत्यु भएपछि प्रहरीले थप अनुसन्धानको लागि उनका केटा साथीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७