वाफको सेमिफाइनलमा समीकरण पुरा, नेपालको प्रतिद्वन्द्वी लेबनान


१३ फाल्गुन २०८०, आईतवार
Nep.jpg

काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गए राति समूह ’बि’ का अन्तिम खेल सकिएसँगै सेमिफाइनलको समीकरण टुंगो लागेको हो ।

गए राति नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालको जितमा सावित्रा भण्डारीले २ गोल गरेकी थिइन् । योसँगै सावित्राको नेपालका लागि अन्तराष्ट्रिय गोल संख्या ५२ पुगेको छ । त्यसैगरी नेपालका लागिओ रेखा पौडेल र गीता रानाले एक एक गोल गरेका थिए । यो जितपछि नेपाल समुह चरणमा तिनै खेलमा विजयी हुँदै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुत प्यालेस्टाइन पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब नेपालले सेमिफाइनलमा लेबनानको सामना गर्ने छ । लेबनानले समूह ए मा ३ मध्ये २ खेल जितेको थियो । यो खेल मंगलबार राती नेपाली समय अनुसार १०ः ४५ बजेदेखि शुरु हुनेछ । त्यस्तै अर्को सेमिफाइनल खेल जोर्डन र प्यालेस्टाइनबीच हुनेछ । यो खेल मंगलबार नेपाली समय अनुसार साँझ ७ः ४५ बजेदेखि शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७